बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा - बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हंशराज हुलासचन्दले पल्सरको नयाँ मोडलका बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ । पावर र पफर्मेन्सयुक्त स्पोर्टी ‘लुक्स’ भएको बाइक रुचाउने युवा पुस्ताको लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले ७० भन्दा बढी देशहरुमा पुगेको पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको दाबी गरे । ‘पल्सरले हालै सार्वजनिक गरेको २ वटा बाइकले बाइकिङ क्षेत्रको लागि फेरि नयाँपन खडा गर्नेछ’ उनले भने ।

कस्ता छन् बाइक ?

पल्सर एन २५० : मोडर्न एरो डाइनामिक डिजाइन र सार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा आकर्षक देखिन्छ । नयाँ प्रिमियम मेटालिक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ । इन्जिन कभरमा प्रयोग गरिएको डिप कपरले यसलाई झनै आकर्षक देखाएको छ । २५० सीसीको डीटीएसआई ओयल कोल्ड इन्जिनले २४५ पीएसको स्मुथ पावर र २१५ एनएमको टर्क उत्सर्जन गर्दछ । यसको निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधाजनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउने कम्पनीको दावी छ । नेपाली बजारमा यो बाइकको मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

पल्सर एन १६० : पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको एन १६० मा डुअल च्यानल एबीएस सिस्टम प्रयोग गरिएको छ, जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । साथै यसमा १६५ सीसी बीएस ६ इन्जिन, एलईडी प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । यसमा बीएसभीआई कम्प्लायन्ट १६५ सीसीको इन्जिन प्रयोग गरिएको छ ।

यसले ८७५० आरपीएममा १६ पीएसको पावर र ६७५० को आरपीएममा १४.६५ एनएमको टर्क निकाल्न सक्छ । सुधारिएको पिकअपको लागि ८५ प्रतिशतसम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दावी गरेको छ । यसले ४ भल्भ इन्जिन भएको पल्सर एनएस १६० सीसीभन्दा १.२ बीएचपी कम पावर निकाल्छ । यसमा ५ स्पिडको गियर बक्स छ । पल्सर एन २५० कै जस्तै फुएल ट्यान्क एक्स्टेन्सन, स्प्लिट सिट, एलोइ व्हिल र टेल लाइट राखिएको छ । नेपाली बजारमा यो बाइकको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।


प्रकाशित : कार्तिक ४, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्

हुवावेको 'सिड्स फर द फ्युचर' सम्पन्न 

कान्तिपुर संवाददाता

काठमाडौँ — हुवावेले यस वर्षको ‘सिड्स फर द फ्युचर’ फ्ल्यागसीप 'सीएसआर' कार्यक्रम सम्पन्न गरेको छ । आईसीटी विषयसँग सम्बन्धित स्नातक तहका विद्यार्थीका लागि रहेको यो कार्यक्रम शुक्रबार काठमाडौंमा समापन भएको छ ।

'सिड्स फर द फ्युचर' कार्यक्रमबाट ७ विद्यार्थी छनोट भएका थिए । छनोट भएका विद्यार्थीमा निर्माण खड्का (काठमाडौं विश्वविद्यालय), बंशज पौडेल (मदन भण्डारी मेमोरियल कलेज), जतिन भुसाल (ख्वपा इन्जिनियरिङ कलेज) रिया वैद्य (पुल्चोक क्याम्पस), नदिका पौडेल (पुल्चोक क्याम्पस), प्रज्ञा मल्लिक (काठमाडौं विश्वविद्यालय) र अजु तामाङ (अमृत साइन्स क्याम्पस) छन् ।

यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । प्रा.डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिएको जीपीए प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा यी ७ विद्यार्थी छनोट भएका थिए ।

अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित टेक फर गुड एक्सेलेटर क्याम्पमा सहभागी हुन नेपालको तर्फबाट यो ७ विजेता टोली उपस्थित थियो । सिंगापुरमा विद्यार्थीहरुले हुवावे कार्यालयको भ्रमण गरे । त्यहाँ धेरै विषयको जानकारीपछि विद्यार्थीले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा हुवावे निर्मित बेस स्टेसनको पनि भ्रमण गरेका थिए ।

हुवावेको यो सीएसआर कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता १३० भन्दा बढी देश र क्षेत्रका १२ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।


प्रकाशित : कार्तिक ४, २०७९ १७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×