१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिभिल बैंकको १०२ औं एटिएम सौराहामा

कान्तिपुर संवाददाता

काठमाडौँ — सिभिल बैंकले चितवनस्थित सौराहामा आफ्नो १०२ औं एटीएम सञ्चालनमा ल्याएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले एटीएमकाे उद्घाटन गरेका हुन् । 

सिभिल बैंकको १०२ औं एटिएम सौराहामा

अब त्यस क्षेत्रका सेवाग्राहीहरूले उक्त एटिएम मार्फत आफुलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्ने बैंकले जनाएको छ । बैंकमा करीव आठ लाख ग्राहकहरु छन् । यस्तै ११५ शाखाहरू र १३ एक्सटेन्सन काउन्टरहरु छन् ।

बैंकको हालसम्म देशका विभिन्न १०२ ठाउँहरुमा एटीएम सञ्चालनमा ल्याइसकेको छ । गत आषाढ मसान्त सम्म ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे बैंकले जनाएको छ ।

प्रकाशित : आश्विन १६, २०७९ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?