३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लक्ष्मी बैंकले बागलुङको गलकोटमा खोल्यो शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — लक्ष्मी बैंकले बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ३ स्थित हटिया बजारमा १४३औं शाखा सञ्चालनमा ल्याएको छ । यस शाखा मार्फत् बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

लक्ष्मी बैंकले बागलुङको गलकोटमा खोल्यो शाखा

यस नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या १४३ पुगेको छ । १३ एक्स्टेन्सन र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टमार्फत पनि बैंकले सेवा दिँदै आएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफ्नो शाखा विस्तार गर्दै आएको छ ।


प्रकाशित : आश्विन १४, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?