एनसेलले ल्यायो चाडपर्व अफर ‘होम एन्ड अवे डेटा प्याक’

६० जीबी डेटा (३० जीबी होम डेटा, ३० जीबी अवे डेटा) ५९९ रुपैयाँमा
प्याक अवधिभर पेजी दर नलाग्ने 
कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेलका ग्राहकले अझै सुलभ दरमा डेटा सेवाको फाइदा लिन पाउने भएका छन् । चाडबाडको बेलामा घर वा बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिनेगरी एनसेलले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर संचालनमा ल्याएको छ ।

एनसेलले ल्यायो चाडपर्व अफर ‘होम एन्ड अवे डेटा प्याक’

दसैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरी ग्राहकले शुभकामना आदानप्रदान गर्न सक्नेछन् । ग्राहकले यो प्याकमा करसहित ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी गरी कुल ६० जीबी डेटा पाउँछन् । यो प्याक एनसेलले बिहीबार (असोज १३) बाट सञ्चालनमा ल्याएको हो । ग्राहकले सजिलै एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३० ह्यास डायल गरेर यो प्याक लिन सक्नेछन् । यसैगरी एनसेल एप र एनसेलको वेबसाइटमार्फत् पनि यो प्याक लिन सकिन्छ ।

प्याकमा पाइने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहादा प्रयोग गर्नका लागि पाउँछन् । ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन् । यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहेर प्याक थाल्छन्, त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन् । यो प्याक थालनी भएपछि २८ दिनको लागि मान्य रहन्छ ।

कम्पनीका अनुसार यो डेटा प्याकको विशेषता भनेको प्याकमा रहेको डेटा भोलुम खपत भइसके पछि प्याकको समयावधि रहेसम्म 'पे एज यू गो' (पेजी) दर लागू हुँदैन । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरी डेटा चलाउन सक्छन् ।

प्रकाशित : आश्विन १४, २०७९ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?