१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५०

प्रभु क्यापिटल र क्वेस्ट ईन्टरनेशनलबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट ईन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट ईन्टरनेशनलका बीबीए निर्देशक ज्योती शेरचनले हस्ताक्षर गरेकी हुन् । 

देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरूलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्ने गरी समझदारी पत्रमा सम्झौता भएको हो । सम्झौता अनुसार प्रभुले बीबीए तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने हेतुले शेयर बजारसम्बन्धी तालिम दिने तथा विभिन्न सेवामा सहुलियत दिने विज्ञप्तीमा भनिएको छ । कलेजले प्रभु क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने लगायतका विषय समेटेर उक्त कलेजका व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरूसँग सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित : आश्विन १३, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एक वर्षमै कांग्रेससँगको गठबन्धन भत्कियो, नयाँ गठबन्धन कति दिगो रहला ?