कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

क्यूआर कोड स्क्यान गर्दा खानाका रेसीपी

कान्तिपुर संवाददाता

काठमाडौँ — कोका–कोला नेपालले दसैंलाई लक्षित गरेर मास्टर सेफ विजेता सन्तोष शाहसँगकाे सहयकार्यमा दसैंं विशेष ५ वटा रेसीपी तयार गरेको छ । कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर यी रेसीपी भिडियोहरू हेर्न सकिने छ । 

क्यूआर कोड स्क्यान गर्दा खानाका रेसीपी

खसीको पक्कु, आलु–कटहरको अचार, मालपुवा र भरेको पर्वल, सेल रोटीजस्ता दसैंका विशेष परिकारहरू बनाउने तरिका रेसीपीमा समावेश गरिएको छ । कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा समेत यी रेसीपी भिडियोहरू उपलब्ध हुनेछन् । उपभोक्ताहरूले आफूले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्नेमध्ये ३ जना विजेताले शाहसँग भेट्ने मौका पनि पाउने भनिएको छ । सेफ शाहले दसैंमा खाइने यी परिकारका रेसीपीमा आफ्ना छुट्टै मरमसलाका सामग्रीहरू थपेको बताएका छन् । नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले मास्टर सेफ शाहसँग मिलेर दसैं विशेष परिकारहरूको रेसीपी प्रदान गर्न पाउँदा उत्साहित भएको बताए ।

प्रकाशित : आश्विन १३, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?