राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा मुसिकोटमा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २६२औं शाखा कार्यालय पश्चिम रुकुमको मुसिकोटमा स्थापना भएको छ । बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा मुसिकोटमा

उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याउने उदेश्यले शाखा विस्तार गरेको बताएका थिए । यसले पालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकताका साथ शाखा स्थापना गरी वित्तीय पहुँच विस्तार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

प्रकाशित : आश्विन १३, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?