आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडले क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिने भएको छ । विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालस्थित ग्लोबल बैंकमा विस्तार गर्ने भएको हो ।

आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा नेपालमा

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले बुधबार एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस परियोजनाले बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्ने बैंकले जनाएको छ । नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।जीटीएफपीको सहयोगले बैंकको कर्जा माग र आपूर्तिको खाडललाई सम्बोधन गर्न मद्दत पुग्ने नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फायले बताए ।

प्रकाशित : आश्विन १३, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?