कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ग्रिन हाइड्रोजन समिट हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यले असोज २४ र २५ गते ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ आयोजना हुने भएको छ । एमआईटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा समिट आयोजना गर्न लागेका हुन् ।

ग्रिन हाइड्रोजन समिट हुँदै

हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्‍याउने लक्ष्य सम्मेलनले लिएको विज्ञप्तीमा उल्लेख छ । एमआईटी ग्रुपका अध्यक्ष शेष घलेले वातावरणीय र आर्थिक रूपले बलियो विकल्पका रूपमा देखापरेको हाईड्रोजन उत्पादनलाई नेपालमा पनि सम्भव बनाउनेबारे छलफल गर्न समिट आयोजना गरिएको बताएका छन् । ‘हरित हाईड्रोजन उत्पादनमा सरकारले अब प्रष्ट भिजन बनाएर निजी क्षेत्रलाई पनि अग्रसर बन्ने वातावरण बनाउनु पर्छ,’ उनले भने ।

पर्यावरणीय रूपमा दिगो हुने हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ । सम्मेलनमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययन, हरित एमोनियाबाट रासायनिक मल उत्पादनको सम्भावना र क्षमताको बारेमा विश्लेषण गरिने भनिएको छ । हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत, प्रयोग हुने प्रविधि र ग्लोबल ट्रेन्डका बारेमा जानकारी दिइनेछ । हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने पनि सम्मेलनको उदेश्य रहेको गुरुङले बताएका छन् ।

प्रकाशित : आश्विन १२, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?