कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कुमारी र एनसीसी बैंक गाभिने

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) आपसमा गाभिने भएका छन् । दुई बैंकले आपसमा गाभिनका लागि सोमबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

कुमारी र एनसीसी बैंक गाभिने

समझदारीपत्रअनुसार यी बैंक समान सेयर आदानप्रदान अनुपात (१:१ स्वाप) मा गाभिन लागेका हुन्, जसअनुसार कुमारी बैंकको एक सय कित्ता सेयर बराबर एनसीसी बैंकको पनि १ सय कित्ता सेयर गणना हुनेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुमारी बैंककै नामबाट सञ्चालनमा आउनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रमेशराज अर्यालले पाउने सहमति भएको छ । अर्याल अहिले एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । चुक्ता पुँजी करिब पौने २५ अर्ब रुपैयाँ र कुल पुँजी करिब साढे ३७ अर्ब रुपैयाँ हुने बताइएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?