१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

विद्युतीय स्कुटरबाट दराजको डेलिभरी

कान्तिपुर संवाददाता

काठमाडौँ — दराज नेपालले काठमाडौं उपत्यकाभरका डेलिभरी विद्युतीय स्कुटरबाट गर्ने भएको छ । वातावरणमैत्री सञ्चालनतर्फ अघि बढ्ने उद्देश्यसहित दराजले हालै १० वटा ओकिनावा डुअल विद्युतीय स्कुटर खरिद गरेको जनाएको छ ।

विद्युतीय स्कुटरबाट दराजको डेलिभरी

आयातित इन्धन खपतलाई स्वदेशमै उत्पादन हुने ‘क्लिन एन्ड ग्रिन’ बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्न नयाँ पहलकदम लिइएको कम्पनीले बताएको छ । दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले काठमाडौंको गोपीकृष्ण, सोल्टीमोड, र थसिखेल हबका डेलिभरी चालकलाई स्कुटरको साँचो हस्तान्तरण गरिसकेकी छिन् । दुईपांग्रे र चारपांग्रे दुवै खण्डमा आफ्नो फ्लिटमा विद्युतीय सवारीसाधनको संख्या थप बढाउने योजनासमेत रहेको कम्पनीले बताएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?