केएल टावरको ‘रमाइलो दसैं तिहार’ योजना- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केएल टावरको ‘रमाइलो दसैं तिहार’ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — केएल टावरले दसैं–तिहारका लागि ‘रमाइलो दसैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउनेछन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डीएचआई भ्याकुम क्लिनर, मिक्सर, राइस कुकर लगायत एक हजार रुपैयाँ बराबरको सपिङ भौचरका साथै अन्य उपहारहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ । बम्पर उपहारमा एक जनालाई ४ रात ५ दिनको दुवई भ्रमणको प्याकेज उपलब्ध गराइने मेला संयोजक हीरामणी तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै बम्पर उपहारमा यामाहाको एफजेडएस एफआई मोटरसाइकल वितरण गरिने उनको भनाइ छ । उपहार योजनामा सहभागी हुन कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई उपलब्ध गराइने कुपनका आधारमा गोलाप्रथाद्वारा विजेता चयन गरिने मेला संयोजक तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित : आश्विन १०, २०७९ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्

मोदी जापान प्रस्थान

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साँझ जापान प्रस्थान गरेका छन् । विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तिम यात्रामा सहभागी हुन मोदी जापान गएका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फाइल तस्बिर : रोयटर्स

गत ८ जुलाईमा जापानको नारा सहरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा सिन्जो आबेमाथि बन्दुकधारीले आक्रमण गर्दा उनको निधन भएको थियो । उनको हत्याको अढाइ महिनापछि सेप्टेम्बर २७ मा जापानको राजधानी टोकयोको किटानोमरु नेसनल गार्डेनमा हुँदै छ । विश्वका धेरै राष्ट्रबाट उनको अन्तिम संस्कारमा सहभागी हुन नेताहरू जापान पुग्दै छन् ।

मोदीको जापान भ्रमणबारे जानकारी दिँदै विदेश सचिव विनय मोहन क्वात्राले जापान भ्रमणका क्रममा मोदीले जापानी प्रधानमन्त्रीसँग औपचारिक भेटवार्तासमेत गर्ने बताएका छन् । उनले दुवै पक्षसँग सम्बन्धित कयौं विषयमा नेताहरूबीच कुराकानी हुन सक्ने उल्लेख गरेका छन् ।

उनले भारत र जापानबीचको सम्बन्ध लगातार बलियो बन्दै गएको र दुवै देशबीच कारोबार, लगानी, रक्षा र सुरक्षा क्षेत्रमा राम्रो सहकार्य रहेको उल्लेख गरेका छन् । जलवायु परिवर्तन, ऊर्जा, औद्योगिक विकास र मानव संशाधनको क्षेत्रमा दुवै देश नजिक रहेर सहकार्य गरिरहेको उनले बताए । दुई देशबीच सञ्चालनमा रहेका परियोजनाहरुको समीक्षासमेत हुने उनले उल्लेख गरे ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे मोदीको व्यक्तिगत मित्रसमेत रहेको जनाइएको छ । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारत र जापानबीचको मित्रता बाहेक सिन्जो निजी स्तरमा मोदीको राम्रो मित्र पनि रहेको स्मरण गरेका छन् । सिन्जो आबेकै कार्यकालमा अस्ट्रेलिया, भारत, जापान र अमेरिका सदस्य रहेको क्वाडको गठन गरिएको थियो ।

प्रकाशित : आश्विन १०, २०७९ २०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×