१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

नबिलको पहिलो शाखारहित बैंकिङ सेवा सुर्खेतमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिल बैंकले सुर्खेतको बराहताल गाँउपालिका-२, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । गाँउपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी र नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोज कुमार थापालाई बीएलबी मसिन र प्रमाणपत्र हस्तान्तरण गरेर शाखारहित बैंकिङ सेवाको सुरुवात गरिएको थियो ।

नबिलको पहिलो शाखारहित बैंकिङ सेवा सुर्खेतमा

शाखारहित बैंकिङ सेवामार्फत खाता खोल्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछका साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न सकिने बै‌ंकले जनाएको छ । यसका साथै नबिल बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँचसम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विशेषत: स्थानीय क्षेत्रको कृषि प्रवद्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ र वित्तीय साक्षरता विषयमा केन्द्रित थियो । नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ हाल १०० शाखामा विस्तार भएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?