बजाज ग्रान्ड एक्स्चेन्ज फेस्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — बजाज मोटरसाइकलको नेपाली वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आयोजना गरेको ‘बजाज ‘ग्रान्ड एक्सचेन्ज फेस्ट’ काठमाडौँको भृकुटीमण्डपमा जारी छ । असोज ७ मा सुरु भएको यो एक्स्चेन्ज योजनाको आज (असोज १०) अन्तिम दिन हो ।

बजाज ग्रान्ड एक्स्चेन्ज फेस्ट

‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नारा दिइएको यस योजनाअन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनेछ विज्ञप्तीमा भनिएको छ । प्रचलित बजार भ्यालुएसनभन्दा थप ७ हजार रुपैयाँ पाइने भनिएको छ । किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको सुविधा छ । उपभोक्ताहरूले ७ हजार रुपैयाँसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । हरेक दिन एकजनाले सामसङ एम सिरिजको मोबाइल जित्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?