भृकुटीमण्डपमा सुरु भयो स्टक क्लियरेन्स मेला

काठमाडौँ — दशैंका लागि एकै छानामुनी किनमेल गर्न सक्नेगरी काठमाडौंको भृकुटीमण्डपमा डीजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ सुरु भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला सञ्चालन गरेको हो ।

मेलामा दैनिक उपभोग्य सामानहरू सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए । ‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेज लगायतका स्टल छन्,’ उनले भने, ‘बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’ मेलामा नेपाल, भारत, चीन, बाङ्लादेश, पाकिस्तान, मलेसिया, जापान र युरोपेली मुलुकमा उत्पादित सामानहरू उपलब्ध रहेको उनले बताए । त्यहाँ १ वटा प्रदर्शनी कक्ष छन् ।
प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डीजी पेमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दशैं विशेष छुट पाउनेछन् । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नाम दिइएको प्रधानले बताए । असोज ७ गते सुरु भएको मेला १० गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।
प्रकाशित : आश्विन ८, २०७९ १३:०१