२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्युजोवा र सिट्रोन कारमा विशेष अफर

काठमाडौँ — नेपालका लागि प्युजोवा सिट्रोन कारका आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा अफर ल्याएको छ । दशैं, तिहार र छठभर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको दाबी गरिएको छ ।

प्युजोवा र सिट्रोन कारमा विशेष अफर

प्युजोवा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमश १६.५० लाख रुपैयाँ र १५.५०लाख रुपैयाँको लाभ प्रदान गरिने भनिएको छ । दुवै कारमा ग्राहकलाई ७ लाख रुपैयाँ छुट, १ वर्षको नि:शुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क ईएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउने जनाएको छ ।‍ फ्रान्सेली अटोमोबाइल ब्रान्डमध्ये एक सिट्रोन, साङ्ग्रिला मोटर्सले भित्र्याएको पछिल्लो मोडल हो । चाडपर्वको अफर सिट्रोलको सीफाइभ एयरक्रस मोडलमा मान्य छ । प्युजोवा भने नेपाली कार बजारमा पहिले नै स्थापित भइसकेको छ । प्युजोवाको अफर ३००८ डिजेल मोडलका लागि मान्य छ । चाडपर्वको अवसरमा सांग्रिला मोटर्सले 'ड्राइभ नाउ, पे लेटर' योजना ल्याएर सवारी साधनको सपना देख्ने मानिसहरूलाई सहज बनाउने लक्ष्यमा यो अफर ल्याइएको छ ।

प्रकाशित : आश्विन ८, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?