३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एनसेलले ल्यायो इन्डिया भ्वाइस प्याक

काठमाडौँ — भारतमा कल गर्न ग्राहकले आवश्यकताअनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक लिन सक्ने एनसेलले जनाएको छ ।

एनसेलले ल्यायो इन्डिया भ्वाइस प्याक

एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यी प्याकहरू असोज ०७ देखि लागू हुने भनिएको छ । एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकहरूले यी भ्वाइस प्याक प्रयोग गर्न सक्नेछन् । एक दिनको भ्वाइस प्याक लिँदा ग्राहकले करसहित ५५ रुपैयाँमा १५ मिनेट टक टाइम पाउने भनिएको छ । ७ दिने भ्वाइस प्याकअन्तर्गत ग्राहकले २४९ रुपैयाँमा ७० मिनेट टक टाइम पाउने र २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहित ७४९ रुपैयाँमा सुरु गर्न सकिने विज्ञप्तीमा उल्लेख छ । ग्राहकले एस्टरिस्क १७११८ एस्टरिस्क ७ ह्यास डायल गरी आवश्यकता अनुरुप भ्वाइस प्याक लिन सक्नेछन् । एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेतामार्फत पनि यी भ्वाइस प्याक सुरु गर्न सकिनेछ ।

प्रकाशित : आश्विन ८, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?