कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एभरेष्ट बैंकले सुरू गर्‍यो ई–पैँचो फोन लोन सुविधा

काठमाडौँ — एभरेष्ट बैंकले ‘ई–पैँचो फोन लोन’ सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरूले मोबाइल एप ‘इबीएल टच २४’ मार्फत बिनाधितो २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

एभरेष्ट बैंकले सुरू गर्‍यो ई–पैँचो फोन लोन सुविधा

ई–पैँचो फोन लोनमार्फत लिएको कर्जा एक महिनाभित्र वा ३, ६, ९ अथवा १२ महिनासम्ममा किस्ताबन्दीमा चुक्ता गर्न सकिने बैंकले जनाएको छ । बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ/छैन, ऋण बक्यौता छ/छैन लगायत विवरण हेरेर कर्जा दिइन्छ । आफूले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकका लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध रहेको विज्ञप्तीमा भनिएको छ ।

बैंकका अनुसार ई–पैँचो फोन लोनका लागि कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा ‘बाई नाउ पे लेटर’ सुविधा प्रयोग गर्न सक्नेछन् । फोन लोन सेवा प्रयोग गर्न ग्राहकले प्रमाणित इमेल ठेगाना राखेर ई–पैँचो फोन लोनको अनलाइन फारम भर्नुपर्छ । बैंकको एपमा रहेको ई–पैँचो फोन लोन आइकनमा थिचेर इमेल प्रमाणिकरण गरेपछि ग्राहकले तुरुन्तै बिनाधितो कर्जा लिन सक्नेछन् ।

प्रकाशित : आश्विन ८, २०७९ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?