बजारमा ‘न्युड सुपेरियर भोड्का’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारमा ‘न्युड सुपेरियर भोड्का’

कान्तिपुर संवाददाता

काठमाडौँ — द नेपाल डिस्टिलरिजले ‘न्युड सुपेरियर भोड्का’ ल्याएको छ । काठमाडौंमा बिहीबार आयोजित एक फेसन सोमा डिजाइनर शिवाङ्गी प्रधान र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको सिक्वेन्समा उक्त राइस बेस्ड भोड्का अनावरण गरिएको थियो ।

राइस बेस्ड भएका कारण यसमा प्राकृतिक मिठास भएको नेपाल डिस्टिलरिजले जनाएको छ । ‘यसमा अतिरिक्त चिनी मिसाइएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री यस भोड्का डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत उपभोक्ताको चाहना र मागलाई ध्यान दिइएको थियो ।’ सानो ब्याचमा चारकोल फिल्टर गरी न्युड सुपेरियर भोड्का तयार पारिन्छ । ख्यातिप्राप्त ब्लेन्डर क्रिस्टोफर आम्र्सले यो भोड्का डिजाइन गरेका हुन् ।

प्रकाशित : आश्विन ७, २०७९ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्

जुनियर ब्याडमिन्टन टोली गुवाहाटीतिर

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको गुवाहाटीमा हुने ब्याडमिन्टन एसिया दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा नेपालका आठ खेलाडीले भाग लिने भएका छन् ।

सेप्टेम्बर २६ देखि ३० सम्म हुने च्याम्पियनसिपमा नेपालका डेभिड थापा मगर, सुरज गुप्ता, कविर केसी, साहिल चन्दले ब्वाइजतर्फ तथा रोज पाण्डे, सानिया चन्द, रोजी राई र रिहाना शेरचनले गल्र्सतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले यू–१५ र यू–१७ मा ब्वाइज तथा गल्र्स एकल र डबल्स, मिक्स डबल्स र मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीलाई नेपाली ब्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बिदाइ गरे ।

प्रकाशित : आश्विन ७, २०७९ २२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×