१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यतीमा उड्दा उपहारै–उपहार

काठमाडौँ — यती एयरलाइन्सले दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गरेर यात्रुका लागि विभिन्न उपहार योजना ल्याएको छ । ‘यतीमा मंगलमय फ्लाइट, बम्परमा जितौं नयाँ राइड’ योजनाअन्तर्गत यात्रुले बम्परमा भाग्यशाली यात्रुलाई ‘रे जेडआर’ स्कुटर, हीराको टप र वासिङ मेसिन प्रदान गर्ने भएको हो ।

यतीमा उड्दा उपहारै–उपहार

यात्रुले बम्पर उपहारका साथै हात खाली नजाने उपहारस्वरूप दराज, भोज डिल्स र नमस्ते पेको डिस्काउन्ट भौचरका साथै हरेक साता एकएक जनालाई नि:शुल्क माउन्टेन फ्लाइट र रिटर्न टिकट पाउने एयरलाइन्सले जनाएको छ ।

घटस्थापनादेखि लागू हुने योजनाअन्तर्गत अग्रिम टिकट बुकिङ गरी सोही समयमा उडान गर्ने यात्रुलाई यो योजना लागू हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । तीन वटा बम्पर उपहार जित्न तोकिएको समयावधिभित्र यती एयरलाइन्ससँग यात्रा गर्नुपर्नेछ ।

प्रकाशित : आश्विन ७, २०७९ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?