१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मेगा बैंकको वित्तीय साक्षरता अभियान सम्पन्न

काठमाडौँ — मेगा बैंक नेपालको एक महिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सातै प्रदेशका ३७ वटा शाखा कार्यालयमार्फत भदौ महिनाभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

मेगा बैंकको वित्तीय साक्षरता अभियान सम्पन्न

प्रदेश नम्बर १ र बागमती प्रदेशका ६‌/६ वटा शाखा, मधेश प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले ५/५ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?