एलजी टिभीको एसेम्बल प्लान्ट नेपालमा

काठमाडौँ — एलजी ईलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौँमा स्थापना भएका एलजीको टिभी एसेम्बल प्लान्ट उद्घाटन गरेका छन् । अब एलजीका होम र इन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने भएका छन् ।

एलजी टिभीको एसेम्बल प्लान्ट नेपालमा

यसले नेपाली ग्राहकहरूका लागि कम लागतमा बढी उपयोगिताको प्रत्याभूति गराउने अपेक्षा गरिएको छ । नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्नका लागि एलजी ईलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आएको विज्ञप्तीमा उल्लेख छ ।

‘विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ,’ चुनले भनेका छन्, ‘नेपालका लागि एलजीको नयाँ एसेम्बल प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरेको छु ।

एलजी ईलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानी ल्याउन मद्दत पुग्ने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । हालसम्म नेपालमा एलजीका ८ वटा यस्ता शोरुम छन् ।

प्रकाशित : आश्विन ६, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?