सामसङले ल्यायो ग्यालेक्सी ए०४ एस

काठमाडौँ — सामसङले थप नयाँ सुविधा र विशेषतासहितकाे ग्यालेक्सी ए०४ एस सार्वजनिक गरेको छ । सामसङको यस फोनमा ट्रिपल रियर क्यामरा छन् । ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपीको डेप्थ क्यामरा समावेश छन् ।

सामसङले ल्यायो ग्यालेक्सी ए०४ एस

साथै ५ एमपीको सेल्फी फोकस फिचर छ । ग्यालेक्सी ए ०४ एस ९० हर्ज रिफ्रेस रेटको साथ ६.५ डिस्प्लेमा उपलब्ध छ । एक पटक पूरा चार्ज गर्दा २ दिनसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री भएको ग्यालेक्सी ए०४ एस कालो, कपर र हरियो गरी तीन रङमा उपलब्ध छ ।

१२८ जीबी स्टोरेज सहितको ४ जीबी र्‍याम भएको ए०४ एसको मूल्य २१,९९९ रुपैयाँ पर्छ । ६४ जीबी स्टोरेजसँग ४ जीबी र्‍याम भएको फोनको मूल्य १९,९९९ रुपैयाँ ताेकिएकाे छ । ए ०४ एस ले ए–सिरिजको हरेक मूल्य दरमा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउँदै आएको कम्पनीकाे दाबी छ ।

प्रकाशित : आश्विन ६, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?