एनएमबी बैंक र सिप्रदिबीच सहकार्य

काठमाडौँ — एनएमबी बैंकले विद्युतीय गाडी खरिद गर्न चाहनेलाई न्युनतम ब्याज दरमा कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङसँग सहकार्य गरेको छ ।

एनएमबी बैंक र सिप्रदिबीच सहकार्य

यसमा ८०% फाइनान्सिङसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने विज्ञप्तीमा उल्लेख छ । यो कर्जा योजनामार्फत् एनएमबीले व्यवसायसँगै वातावरणीय दायित्व पुरा गर्न खोजेको छ । यसबाट विद्युतीय गाडी चढ्न चाहनेलाई कर्जा प्रदान गर्ने मात्र नभइ वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने बैंकको दाबी छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू प्रदान गर्दै आएको छ । एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : आश्विन ५, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?