इस्लिङ्टनको ‘एस्पायर २०२२’

काठमाडौँ — कार्यक्रममा इस्लिङ्टन कलेज एस्पायर २०२२ को उपाधि विराटनगर इन्टरनेसनल कलेजले जितेको छ ।

इस्लिङ्टनको ‘एस्पायर २०२२’

इस्लिङ्टन कलेजले ‘अन्तरकलेज एस्पायर २०२२’ कार्यक्रम गरेको छ । भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कार्यक्रममा एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, एपेक्स कलेज, विराटनगर इन्टरनेसनल कलेज, इटहरी इन्टरनेसनल कलेज, इन्फर्मेटिक्स कलेज पोखरा, हेराल्ड कलेज काठमाडौं, प्राइम कलेज, ब्रिटिस कलेज, नामी कलेज र स्याम कलेजको सहभागिता थियो ।

बीबीए र बीआईटीका विद्यार्थीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रम तीन दिन चलेको कलेजको भनाइ छ । सहभागीको सीप परीक्षण गर्न कार्यक्रमलाई स्टार्टअप आइकन, सीईओ अफ द इयर, द अल्फा एनालिस्ट, द ग्लोबल एडभोकेट, मार्केटिङ मेस्ट्रोस र द एस्पायरिङ रेस गरेर ६ विधामा डिजाइन गरिएको कलेजले जनाएको छ।

प्रकाशित : आश्विन ५, २०७९ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?