सुर्खेत पुग्यो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेत पुग्यो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर

कान्तिपुर संवाददाता

काठमाडौँ — महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङको लाभ उठाउन सक्ने सुर्खेतका लागि बिक्रेता कर्णाली अटो सेल्सका प्रबन्ध निर्देशक मदन बुढा मगरले बताए ।

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलरलाई सुर्खेतको वीरेन्द्रनगरमा पनि सार्वजनिक गरेको छ । यसले चितवन, हेटौंडा, धनगढी, जनकपुरधाम आदि स्थानमा सर्वसाधारणको मन जितेको कम्पनीको दाबी छ । यो सवारी भारतको बेंगलुरुस्थित महिन्द्राको फ्याक्ट्रीमा निर्माण भइरहेको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालका विभिन्न ठाउँमा ट्रियो बिक्री गर्दै आएको छ । आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणका साथ आएको ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने उनको दाबी छ ।

प्रकाशित : आश्विन ५, २०७९ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्

अनशनरत डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेका अनशनरत डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । डा. केसी आफ्नै खर्चमा ४:४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं आउने उनका सहयोगी डा. अमृत जैसीले धनगढीबाट जानकारी दिए ।

काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसीलाई काठमाडौं ल्याउन मंगलबारदेखि नै सरकारले प्रयास गरेको थियो । त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो । तर १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौं जनाले ‘जबरजस्ती गरे अपहरण गरेको ठहर्ने’ बताउँदै आएका थिए ।

केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ ।

त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ । अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ । त्यस्तै सरकारी वार्ता टोली र डा. केसी पक्षको वार्ता टोलीबीच आइतबारदेखि काठमाडौं अनौपचारिक, अनौपचारिक रुपमा वार्ता जारी छ ।

प्रकाशित : आश्विन ५, २०७९ १४:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×