२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नेपाल लाइफले सुरु गर्‍यो क्यूआर पेमेन्ट प्रणाली

काठमाडौँ — क्यूआर भुक्तानी सेवा उपलब्ध गराउने नेपाल लाइफ एक मात्र जीवन बीमा कम्पनी बनेको विज्ञप्तीमा उल्लेख छ। अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्यूआरको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

नेपाल लाइफले सुरु गर्‍यो क्यूआर पेमेन्ट प्रणाली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–सेवासँगको सहकार्यमा डाइनामिक क्यूआर पेमेन्ट प्रणाली सञ्चालनमा ल्याएको छ । कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्यूआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरी सेवाको सुचारु गरेका थिए । डाइनामिक क्यूआरको माध्यमबाट २ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिने जनाइएको छ ।

देशभरका ६० भन्दा बढी बैंक, सहकारी र लघुवित्त स‌ंस्था तथा मोबाइल वालेट एप्लिकेसनबाट रकम भुक्तानी गर्न सकिने भनिएको छ । आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा प्रदान गर्न कम्पनी लागिपरेको र आउने दिनहरूमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बताएका छन् ।

प्रकाशित : आश्विन ४, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?