कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असोज ७ देखि राजधानीमा ‘सेकेन्ड ह्यान्ड’ गाडीको मेला हुँदै 

काठमाडौँ — हाम्रो बजारले दसैंको अवसर पारेर असोज ७ गतेदेखि सबैभन्दा ठूलो सेकेन्ड ह्यान्ड सवारीसाधनको मेला आयोजना गर्ने भएको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलको प्राङ्गढमा मेला हुने भएको हो ।

असोज ७ देखि राजधानीमा ‘सेकेन्ड ह्यान्ड’ गाडीको मेला हुँदै 

९ गतेसम्म चल्ने मेला अवधिभर ग्राहकले एकै ठाउँमा विभिन्न ब्राण्डका सेकेन्ड ह्याण्ड गाडीहरुको जानकारी लिन पाउने छन् । हाम्रो बजार एप भएका ग्राहकले मेलामा निशुल्क प्रवेश पाउने छन् । हाम्रो बजार सेलेक्टमा रहेका सम्पूर्ण गाडी ह्यान्डपिक्ड र दक्ष प्राविधिकबाट निरीक्षण गरेपछि मात्रै बिक्रीका लागि राखिने हुनाले ग्राहकले कार्निभलमा उपलब्ध कुनै पनि कार ढुक्कसँग खरिद गर्न सक्ने आयोजकको दावी छ ।

गाडी खरिद गर्नेलाई फाइनान्सिङको पनि सुविधा रहेको छ । अटोमोबाइलसँग सम्बन्धित बुथहरु पनि मेलामा रहने छन् । खानेकुरा, पेय पदार्थ सांगीतिक प्रस्तुती, स्टान्डअप सो र अन्य रमाइला प्रस्तुतीमा सहभागीहरु रमाउन सक्ने छन् । कार्यक्रममा केही भाग्यशाली सहभागीले हरेक दिन विभिन्न उपहार पनि जित्न सक्नेछन् । हाम्रो बजारले ग्राहकका लागि भरपर्दाे सेकेन्ड ह्यान्ड अटोमोबाइल बजार स्थापना गर्ने योजना अघि सारेको छ ।


प्रकाशित : आश्विन ३, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?