जोशीको अध्यक्षतामा राष्ट्रिय व्यवसायिक कार्यसमिति चयन 

काठमाडौँ — राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को अध्यक्ष पदमा कुशमार जोशी पुन: निर्वाचित भएका छन् । मकवानपुरको हेटौंडामा सम्पन्न भएको पहलको १६ औं वार्षिक साधारणसभाबाट अध्यक्ष जोशीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

जोशीको अध्यक्षतामा राष्ट्रिय व्यवसायिक कार्यसमिति चयन 

कार्यसमिति उपाध्यक्षमा शकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दिपक मलहोत्रा, सचिवमा सरोजप्रसाद पाण्डे र सुरेश प्रधान तथा सहकोषाध्यक्षमा विनायक शाह चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा उमेशलाल श्रेष्ठ, लता प्याकुरेल, शिवप्रसाद घिमिरे, अशोक वैद्य, राजेश खड्का, रविन्द्रमान सिंह प्रधान, अरनिको राजभण्डारी, मुकेशकुमार भट्टराई, रमेश शर्मा, राजेशबाबु श्रेष्ठ, वविन पोखरेल, खेम लकाई, होमनाथ उपाध्याय, सनम शाक्य निर्वाचित भएका छन् । मनोनित कार्यसमिति सदस्यमा सुधिर मित्तल, डा. राजेन्द्र घिसिङ र संस्थागत पदेन सदस्यमा नानीराज घिमिरे छन् ।


प्रकाशित : आश्विन ३, २०७९ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?