आध्यन्त फन्ड म्यानेजमेन्टले बोर्डबाट पायो लगानी कोष प्रवन्धकको अनुमति 

काठमाडौँ — आध्यन्त फन्ड म्यानेजमेन्टले नेपाल धितोपत्र बोर्डबाट लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र पाएको छ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कम्पनीले नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न अनुमति पाएको छ ।

आध्यन्त फन्ड म्यानेजमेन्टले बोर्डबाट पायो लगानी कोष प्रवन्धकको अनुमति 

आध्यन्तले लगानीकर्ताका लागि एउटा वैकल्पिक लगानी अवसर प्रदान गर्नुका साथै पुँजी र व्यावसायिक साझेदारीको खोजीमा रहेका, उच्च वृद्धिको सम्भावना भएका व्यवसाय र नवीन उद्यमहरूलाई पुँजीमा पहुँच प्रदान गर्नेछ । आध्यन्तका संस्थापक मनोज पौडेलले आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमको स्तर वृद्धि गर्न निजी पुँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पुँजीको विकास गर्ने लक्ष्य राखिएको बताए । ‘प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं’ उनले भने ।


प्रकाशित : आश्विन ३, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?