कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

माइडियाको दसैं तिहार अफर, ३४ हजार ३०० रुपैयाँसम्म क्यासब्याक

काठमाडौँ — नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीको आधिकारिक वितरक चौधरी ग्रुपले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । माइडिया ब्रान्डका एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजेरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरण, भुँइसम्बन्धी हेरचाह र लाइटिङका उपकरण बजारमा उपलब्ध छन् । 

माइडियाको दसैं तिहार अफर, ३४ हजार ३०० रुपैयाँसम्म क्यासब्याक

‘माइडियाको शुभकामना सरल र सुखी जीवनलाई’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत माइडियाको ६ र ७ केजी वासिङ मेसिनको खरिदमा ग्राहकलाई ६ केजी प्याक सर्फ एक्सेल वा एरिअल प्रदान गरिने छ । ८ केजी भन्दा माथिका वासिङ मेसिन खरिदमा माइडियाको राइस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजेरेटरको खरिदमा माइडियाको इन्डक्सन कुकर साथै हरेक खरिदमा खाली हात नजाने क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्यासब्याकको रकम ३४ हजार ३०० रुपैयाँसम्म छ । माइडिया ग्रुप अन्तर्गत घरेलु उपकरणको ब्राण्ड माइडिया हो । नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।


प्रकाशित : आश्विन २, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?