कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तेस्रो 'टीबीसी जब फेयर' सम्पन्न

काठमाडौँ — काठमाडौं थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर’ सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गरेको हो । 

तेस्रो 'टीबीसी जब फेयर' सम्पन्न

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुराष्ट्रिय तथा नेपाली कम्पनीको उपस्थिति रहेको थियो । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत् विद्यार्थी तथा पूर्व विद्यार्थीलाई क्षमताको आधारमा कामको अवसर दिएका छन् । उक्त अवसर प्रदान गर्ने कम्पनीहरुमा लिपफ्रग, दराज, चौधरी ग्रुप, आईएमएस, बियोण्ड आइडी, नेपाल पेमेन्ट सोलुसन (डीजीहब), सुबिसु केबलनेट, जिनिएस डिजाइन्स, एक्ट ३६०, यती एयरलाइन्स, ईसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज छन् ।

कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै द ब्रिटिस कलेजका एसोसिएट डिन अरुण जोशीले स्वागत गरेका थिए । त्यस्तै कार्यक्रमबारे फ्रक्स जबका सीईओ बिमल कँडेलले परिचयात्मक जानकारी दिएका थिए । कलेजले दिएको जानकारी अनुसार उक्त फेयरमा कुल २३३ अन्तर्वार्ता भएको थियो । अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्‌सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातकोत्तर तहको एमएस्‌सी आईटी, ईएमबीए, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीको पनि जब फेयरमा सहभागिता थियो ।

प्रकाशित : भाद्र २२, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?