कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हुन्डाई फेस्टिभ डिलाइट अफरका विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौँ — हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ तिहारको उपलक्ष्यमा ल्याएको फेस्टिभ डिलाइट २०७८ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिद्वारा संयूक्त रुपमा पुरस्कार हस्तान्तरण गरिएको हो । 

हुन्डाई फेस्टिभ डिलाइट अफरका विजेतालाई पुरस्कार हस्तान्तरण

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि नि:शुल्क बिमा तथा सडक कर, स्क्रयाच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत १ जना विजेतालाई हुन्डाई आई २० जित्ने मौका थियो । यस अफरको विजेता घोषणा हिमालय टीभीमा भदौ ९ गते प्रत्येक्ष प्रशारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्राचार्यले हुन्डाई आई २० जितेका थिए । योजना २०७८ भदौ २४ देखि कात्तिक ३० सम्म लागू भएको थियो ।


प्रकाशित : भाद्र २०, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?