कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नाडा ईभी एक्स्पोका लागि स्टल बुकिङ खुला

काठमाडौँ — भृकुटीमण्डपमा असोज ६ देखि ९ गतेसम्म हुने ‘नाडा ईभी एक्स्पो २०२२’ का लागि बुकिङ खुला गरिएको छ । एक्स्पोका लागि बुधबारदेखि भदौ ५ सम्मका लागि स्टल बुकिङ खुला गरिएको नाडा ईभी एक्स्पो समितिका सभापति अनुप बरालले बताए ।

नाडा ईभी एक्स्पोका लागि स्टल बुकिङ खुला

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दसैंलाई मध्यनजर गर्दै एक्स्पो आयोजना गर्न लागेको हो ।सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि लम्ब्याएपछि नाडाले अटो एक्स्पोको साटो ईभी एक्स्पो गर्न लागेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्स्पो गर्दै आएको थियो ।

प्रकाशित : भाद्र २, २०७९ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?