कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाराकिटोको वितरकमा आईएमएस ग्रुप

काठमाडौँ — आईएमएस ग्रुप फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ को एक मात्र राष्ट्रिय वितरक बनेको छ । पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउने ग्रुपले जनाएको छ ।

पाराकिटोको वितरकमा आईएमएस ग्रुप

पाराकिटोले रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन जस्ता उत्पादन गर्ने र विशेष गरी बच्चा, गर्भवती र संवेदनशील छाला भएकालाई सुरक्षा प्रदान गर्ने ग्रुपले उल्लेख गरेको छ । पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालीन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरारहित रहेको जनाइएको छ । पाराकिटो आईएमएस लिटल स्माइलस सोरुमहरूमा उपलब्ध हुनेछ ।

प्रकाशित : भाद्र २, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?