कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एनएमबीका ग्राहकले बुद्ध र यती एयरमा क्यासब्याक पाउने

काठमाडौँ — एनएमबी बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरको टिकट खरिदमा क्यासब्याक पाउने भएका छन् । बुद्ध र यतीको एप तथा वेबबाट एनएमबी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गर्दा प्रत्येक टिकटमा क्रमश: ३५० र ५०० रुपैयाँ क्यासब्याक पाउने एनएमबीले जनाएको छ ।

एनएमबीका ग्राहकले बुद्ध र यती एयरमा क्यासब्याक पाउने

क्यासब्याक सुविधाको लागि ग्राहकले आफ्नो एनएमबी कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध रहने बैंकले जनाएको छ । बैंकले सेवा अभिवृद्धि गर्ने क्रममा विभिन्न सुविधाहरु ग्राहकलाई प्रदान गर्दै आएको छ । बैंकका हाल देशभर २०१ शाखा, १३८ एटीएम तथा ११ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।


प्रकाशित : भाद्र १, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?