मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने मुद्दती योजना

काठमाडौँ — मेगा बैंक नेपालले ६ गुणासम्म प्रतिफल दिने म्याजिक मुद्दती योजना सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकले ७६ देखि १९६ महिनाभित्रै २ देखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।

मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने मुद्दती योजना

संस्थागत मुद्दती खाता खोल्नेले ९३ देखि १८५ महिनाभित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । त्यसैगरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले ७० महिनादेखि १८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएको छ । बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले १ लाखदेखि माथि र संस्थागत मुद्दती खोल्नेले ५ लाखभन्दा माथिको रकम जम्मा गर्नुपर्नेछ ।


प्रकाशित : भाद्र १, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?