सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा स्तरोन्नति 

काठमाडौँ — सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा स्तरोन्नति गरेको छ । सिद्धार्थ बैंक स्मार्ट एक्सपीमा स्तरोन्नति (अपग्रेड) गरिएको बैंकले जनाएको छ । यसबाट एपमा हुन सक्ने ठगी नियन्त्रण हुनुका साथै बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिने बैंकको भनाइ छ ।  

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा स्तरोन्नति 

एफवान सफ्ट इन्टरनेसनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेसन बैंक एक्सपी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउने बताइएको छ । ग्राहकले मोबाइल र वेब उपकरणबाट एप्लिकेसन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) बाट प्रयोग गर्न सक्ने छन् । ‘नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, ईएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा छन्’ बैंकले भनेको छ ।

बैंकका अनुसार यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वत: प्रमाणित गर्ने क्षमता छ । प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहीं नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति हुँदैन । अटो–भेरिफिकेसनको प्रयोग पनि ठगी नियन्त्रणका लागि प्रभावकारी हुने बैंकको दावी छ ।

प्रकाशित : भाद्र १, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?