कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बीमाको सुविधासहित सानिमा बैंकले ल्यायो फेमिली सुपर सेभिङ खाता 

काठमाडौँ — सानिमा बैंकले सम्पूर्ण परिवार सदस्यका लागि लक्षित गर्दै फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ । तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी १ लाख सम्मको औषधि उपचार बीमा सुविधा सहित यो खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बीमाको सुविधासहित सानिमा बैंकले ल्यायो फेमिली सुपर सेभिङ खाता 

यसमा वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाखको दुर्घटना बीमा, ३ लाखको ६ घातक रोगहरुको बीमा, २५ हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेजजस्ता थप सुविधाको व्यवस्था छ ।

यसबाट ग्राहकलाई औषधि उपचार खर्च गरी बीमाबापत् शोधभर्ना लिनुपर्ने झन्झटबाट छुट्कारा मिल्ने बैंकको दावी छ । ग्राहकले आफ्नो बीमा पोलिसी नम्बर उपलब्ध गराएर औषधि उपचार गराउन सक्ने बैंकले जनाएको छ । यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुनेछ ।

बैंकका अनुसार भिसा नेटवर्कका एटीएमबाट नेपालमा नि:शुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा ५० प्रतिशत छुट, नि:शुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, नि:शुल्क अमेरिकी डलर कार्ड (फर्स्ट टपअप), नि:शुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा प्रदान हुनेछ । बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम संचालनमा छन् ।


प्रकाशित : भाद्र १, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?