कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई 

काठमाडौँ — गरिमा क्यापिटलको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराईलाई नियुक्त गरेको छ । भदौ १ देखि लागू हुने गरी सीईओमा भट्टराई नियुक्त भएका हुन् । 

गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई 

उनले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन गरेका छन् । स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका उनी यसअघि क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेका थिए । गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु प्रदान गर्ने लक्ष्य लिएको छ ।


प्रकाशित : भाद्र १, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?