कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केएनपी नेरोल्याकले ल्यायो ‘पर्वसँगै रङ्गमा दङ्ग’ अफर  

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्साई पेन्टस् जापानको सहायक कम्पनी केएनपी नेराेल्याकले चाडपर्वलाई लक्षित गर्दै ‘पर्वसँगै रङ्गमा दङ्ग’ नामक अफर ल्याएको छ । यो अफर विशेषत: न्यूनतम ७५ हजार रुपैयाँको खरिदमा मान्य रहेको कम्पनीले जनाएको छ । 

केएनपी नेरोल्याकले ल्यायो ‘पर्वसँगै रङ्गमा दङ्ग’ अफर  

केएनपीका अनुसार यो चाडपर्वमा ग्राहकले तीन वटा विशेष उपहार पाउने छन् । कम्पनीले उल्लिखित मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि ट्राभल ब्याग समेत उपलब्ध गराउँदै आएको छ । कम्पनीले चाडपर्वको अफरमा ५० जना ग्राहकलाई स्मार्टवाच उपलब्ध गराउने दाबी गरेको छ भने अन्तिममा ५ लाखको बम्पर उपहार एक जनालाई प्रदान गरिने जनाएको छ । उपहारको विजेता लक्की ड्रमार्फत तय गरिनेछ । केएनपी नेरोल्याकले केही वर्षदेखि नै चाडपर्व अभियान संचालन गर्दै आएको छ ।


प्रकाशित : श्रावण ३१, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?