बीओकेका ग्राहकलाई मानसरोवर पार्क एण्ड रिसोर्टमा १०% छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक अफ काठमाण्डू (बीओके) र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट दिने सम्झौता भएको छ । 

बीओकेका ग्राहकलाई मानसरोवर पार्क एण्ड रिसोर्टमा १०% छुट

सम्झौता पश्चात् ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ट १० प्रतिशत छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टले बाँकेको नेपालगञ्जबाट सेवा दिँदै आएको छ । हाल बैंकका १०३ शाखा कार्यालयहरु, ९८ एटीएम तथा १० एक्स्टेन्सन काउन्टर सञ्चालनमा छन् ।


प्रकाशित : श्रावण ३०, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?