कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

०७६/७७ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नाफा १२ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — साविकको नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी गठन भएको तीन वर्ष पूरा भएको छ । आयातमा बढ्दै गएको निर्भरता, खुला बजारमा देखिने मूल्यमा कार्टेलिङ जस्ता विषयलाई एउटा सक्षम सरकारी संस्थामार्फत उल्लेखित क्षेत्रमा रहेका  समस्यालाई हल गर्ने परिकल्पनाअनुसार सरकारले परम्परागत दुई संस्थान गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी खडा गरेको हो ।

०७६/७७ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नाफा १२ करोड

सरकारको सो परिकल्पनाअनुसार कम्पनीलाई अगाडि बढाउन हरसम्भव प्रयास गरिरहेको प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताए । दुई संस्था एक आपसमा मर्ज भइसकेपछिको प्रकृया अझ पनि कानुनी रुपमा अन्त्य हुन नसकेको उनले बताए । हाल मूल्य अभिवृद्धि कर सहितको कारोबार गरिरहेको र कम्पनीको अन्तिम लेखा परीक्षण २०७६/७७ पूरा भएको चन्दले बताए । उनका अनुसार सो लेखा परीक्षणको वासलातबाट कम्पनीले करिब १२ करोड नाफा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को पनि लेखा परीक्षण सम्पन्न भई कम्पनी नाफामा गएको उनले बताए ।

उनका अनुसार कम्पनीको वृहत्तर विकासको लागि शाखा, डिपो विस्तार भइरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी भएदेखि नयाँ भर्ना छनोट हुन नसक्दा कर्मचारीको अभाव खड्किएको प्रमुख कार्यकारी चन्दले बताए । ‘दैनिक कार्य संचालन गर्न ज्यादै समस्या हुँदै गएको छ’ उनले भने ‘कर्मचारीको अभाव पूर्ति गर्न यस वर्ष लोकसेवा आयोग मार्फत साउनदेखि नै कम्पनीमा भर्ना छनोटको कार्यक्रम रहेको हुँदा कर्मचारीको वृत्ति विकासमा मन्त्रीज्यू र संचालक समितिका अध्यक्षबाट पनि सहयोग हुने अपेक्षा छ ।’


प्रकाशित : श्रावण २९, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?