कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

चन्द्रागिरि केबुलकार राति ९ बजेसम्म खुल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकाको रात्रिकालीन दृश्यावलोकन गराउने उद्देश्य राखेर चन्द्रागिरि हिल्स प्रालिले केबुलकार राति ९ बजेसम्म सञ्चालन गर्ने भएको छ । महाप्रबन्धक संजिव थापाका अनुसार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै खुला गरिँदै आएको केबुलकार अब राति ९ बजेसम्म सञ्चालन हुने भएको छ ।

चन्द्रागिरि केबुलकार राति ९ बजेसम्म खुल्ने

दिनभर कोलाहल वातावरणमा काम गरेर परिवारसँग बेलुकीको समय एकान्तमा बिताउन चाहानेलाई लक्षित गरेर चन्द्रागिरिले केबुलकार ९ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो । कम्पनीले दुईतर्फी ७ सय ९९ रुपैया पर्ने टिकटलाई बेलुकी ५ बजेदेखि भने राति ९ बजेसम्मको समयमा ३ सय ९९ रुपैयाँ तोकेको छ । यो अफर घटस्थापनाको अघिल्लो दिनसम्म रहने छ ।

अढाई किलोमिटर लामो केबुलकारमा रात्रिकालीन सयर गर्ने आन्तरिक पर्यटकका लागि भालेश्वर मन्दिर परिसरमा रहेको रेस्टुरेन्ट, टपस्टेसनको बार, रिसोर्ट खुला रहने छन् । यो अफर नेपाली नागरिकका लागि मात्रै तोकिएको छ । ३ फिटभन्दा कम उचाइ भएका बालबालिका र ८० वर्ष उमेर नाघेका नेपालीलाई टिकट नि:शुल्क रहेको छ ।

प्रकाशित : श्रावण २७, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?