कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राजधानीमा तीज फेस्टिबल उद्यमी मेला सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नजिकिँदै गरेको हरितालिका तीजको अवसरमा महिला सिर्जनशील केन्द्रले तीज फेस्टिबल आयोजना गरेको छ । शुक्रबारदेखि राजधानीको त्रिपुरेश्वरमा आयोजना भएको १९ औं डाबर बाटिका तीज फेस्टिबल ५ दिन अर्थात मंगलबारसम्म चल्ने छ । तीज फेस्टिबल–सिर्जनशील उद्यमी मेलामा विभिन्न स्टलहरु राखिएका छन् । 

राजधानीमा तीज फेस्टिबल उद्यमी मेला सुरु

केन्द्रकी अध्यक्ष मिलु थापाका अनुसार अशिक्षित, भेदभाव, तथा अवसरबाट वञ्चित महिला समुदायहरुलाई सीप सिकाइ र उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न उक्त मेला आयोजना भएको बताइन् । करिब एक सय स्टल रहेको मेलामा घरेलु तथा हस्तकलाका सामग्री, तीज विशेष खानाका परिकार, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तर्क्रिया, फोटो सुट, मेहन्दी आर्टलगायत छन् । मेलामा नि:शुल्क स्वास्थ्य शिविर समेत छ ।

आयोजकद्वारा १० वटाभन्दा बढी स्टल असहाय, अशक्त, अपाङ्ग, ग्रामीण क्षेत्रका पिछडिएका दिदीबहिनीहरूलाई नि:शुल्क प्रदान गरिएको छ । सिर्जनशील महिला दिदीबहिनीलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्दै महिला आर्थिक रुपमा सबल बनाउने मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ । त्यस्तै उनीहरुलाई प्रविधिमैत्री वातावरण सिर्जना गरी सफल उद्यमी बनाउने लक्ष्य राखिएको छ ।


प्रकाशित : श्रावण २७, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?