२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एनएमबी बैंकले आईएफसीबाट भित्र्यायो ३ अर्ब बढी कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी बैंकले विश्व बैंक समूहको आईएफसीबाट तेस्रो आवधिक कर्जाबापत ३ अर्ब १२ करोड बराबर (२ करोड ५० लाख) अमेरिकी डलर लगानी भित्र्याएको छ ।  

एनएमबी बैंकले आईएफसीबाट भित्र्यायो ३ अर्ब बढी कर्जा

यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ । योसँगै एनएमबीले आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गरेको छ । साना तथा मझौला उद्योग व्यवसायको क्षेत्रमा अपुग भएको कर्जालाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न यो रकम महत्वपूर्ण रहेको बैंकले जनाएको छ । बैंकका हाल देशभर २०१ शाखा तथा १३८ एटीएम संचालनमा छन् ।



प्रकाशित : श्रावण २६, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?