भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको मेला हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले विद्युतीय सवारी साधन (ईभी) एक्स्पो आयोजना गर्ने भएको छ ।  नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले पहिलो पटक नाडा ईभी एक्स्पो २०२२ गर्ने निर्णय गरेको छ ।

भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको मेला हुने 

उक्त ईभी एक्स्पो असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि लम्ब्याएपछि नाडाले अटो एक्स्पोको साटो ईभी एक्स्पो गर्ने निर्णय गरेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ । ईभी एक्स्पोका लागि भदौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए ।


प्रकाशित : श्रावण २६, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?