कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि क्यानले खुलायो आवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यानले विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागि आवेदन खुला गरेको हो ।  

प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि क्यानले खुलायो आवेदन

क्यान महासंघले राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन, अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब, जेहन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु भएको हो । यस वर्ष ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ ।

सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने बताइएको छ । यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म ४६ जना विद्यार्थी अध्ययनरत रहेको क्यानले जनाएको छ । क्यानका अनुसार यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई प्रदान गरिनेछ ।

क्यान महासंघ र कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति पाउनेले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बीएससी (आईटी) अध्ययन गर्न पाउनेछन् ।

प्रकाशित : श्रावण २५, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?