१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले ल्याए दुई नयाँ कार्ड 

कान्तिपुर संवाददाता

काठमाडौँ — हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा संयूक्त रुपमा दुई प्रकारका कार्ड सञ्चालनमा ल्याएका छन् ।  हिमालयन बैंक –अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक–अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरी दुई किसिमका कार्डहरु संचालनमा ल्याइएको हो ।

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले ल्याए दुई नयाँ कार्ड 

यो क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताका लागि उपयुक्त रहेको बैंकले जनाएको छ । त्यस्तै प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित छ । प्रयोगकर्ताले ती कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पनि पाउने बैंकको भनाइ छ ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले ती कार्डबाट विभिन्न मुलुक भ्रमण गर्नेलाई सुविधा हुने बताए । अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले दुबै कार्डहरुले प्रयोगकर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभ हुने बताए ।

यो क्रेडिट कार्डका प्रयोगकर्ताले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा ३ हजार रुपैयाँसम्म प्रतिवर्ष नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले प्रिपेड कार्डमार्फत अनलाइन भुक्तानी तथा स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा २ हजार ५ सय रुपैयाँ प्रति वर्ष नगद फिर्ता पाउने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार क्रेडिट कार्डका प्रयोगकर्ताले क्लब हिमालयमा कम्तिमा २ रातको बुकिङ्ग गर्दा १ रात नि:शुल्क सेवा पाउने, युनाइटेड कलर्स अफ बेनेटनमा सामान खरिद गर्दा १० प्रतिशत छुट, स्पोर्टस् प्लाजाका सम्पूर्ण सामानहरुमा १५ प्रतिशत छुट, मिसियोमा ३३ प्रतिशत छुट र एपिक माउन्टेन बाइकस्‌मा १० प्रतिशत सम्मका छुट प्राप्त गर्न सक्ने छन् ।


प्रकाशित : श्रावण २५, २०७९ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?