२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कात्तिक १७ देखि २० सम्म सीएनआई रोजगार तथा सीप मेला हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी कात्तिक १७ देखि २० सम्म राजधानीको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला हुने भको छ । जनशक्ति खोज्ने विभिन्न कम्पनी र कामको खोजीमा रहेकालाई एकै ठाउँमा आवद्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको उद्योग परिसंघ (सीएनआई)ले जनाएको छ ।

कात्तिक १७ देखि २० सम्म सीएनआई रोजगार तथा सीप मेला हुने 

मेलामा रोजगारदाताको आवश्यक जनशक्ति र युवाहरुलाई आवश्यक विभिन्न सीपका विषयमा पनि छलफल हुनेछ । मेलामा २०० भन्दा बढी कम्पनीहरु सहभागी हुने परिसंघले जनाएको छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अनुमान छ ।


प्रकाशित : श्रावण २४, २०७९ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?